२०८१ श्रावण १२
                           

तीनदेवी कृषि सहकारी सस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न

चौतारा ,३० असोज

चौतारा सागाँचोकगढी नगरपालिका १० जल्केनी स्थित तीनदेवी कृषि सहकारी सस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार चौतारा सागाँचोकगढी नगरपालिका उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।


साधारणसभामा सस्थाको वार्षिक आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा असल रिणि, उत्कृष्ट दुग्ध कृषक, नियमित वचतकर्तालाई सम्मान गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गदै चौतारा सागाँचोकगढी नगरपालिका उप प्रमुख थापाले कृषि सहकारी सस्थाको महत्व बढेकोले शेयर सदस्य विस्तार कार्यलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो ।स्थानिय सरकारको कार्यक्रम जनस्तरमा व्यक्ती र घर घरमा पुग्नको लागी सहकारी उपयुक्त माध्यम भएको थापाको भनाई थियो । साधारण सभा सस्थाका अध्यक्ष शेर बहादुर ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्