२०८१ श्रावण १२
                           

रासायनिक मल पाउनका लागि अनिवार्य कार्ड चाहिने

चैत १२, किसानलाई आवश्यक परेका बेला मल अभाव हुने समस्यालाई केहि ब्यबस्थित बनाउनका लागि कार्ड वितरण गरिएको मेलम्ची नगरपालिका कृषि विकास शाखाका प्रमुख अमर आचार्यले जानकारी दिनुभयो । अब हरेक किसानले नगरपालिकाले उपलब्ध गराएको कार्ड सहकारी मार्फत भरेपछि नगरपालिकामा आएको मललाई बराबर वितरण गरिने नगरपालिकाले जनाएको छ ।

यसभन्दा अघि कोहिले धेरै पायो, कोहिले पाउँदै पाएनन् भन्ने गुनासो अन्त्यका लागि नगरपालिकाले कार्ड वितरण गरेको जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले किसानको समस्या समाधानका लागि नगरले आफ्नो तर्फबाट गर्ने पहल गरिरहेको बताउनुभयो ।

उहाँले नगरबासिलाई आवश्यक रासायनिक मल उपलब्ध गराउनका पहल गरेपनि आवश्यकता अनुसार आयात गर्न समस्या भएको बताउनुभयो ।मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा नगर भित्रका रासायनिक मल बिक्रिका लागि अनुमती पाएका सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्