२०८१ श्रावण १२
                           

बाढीले मेलम्चीकाे अस्थायी पुल र सडकमा पुर्यायाे क्षति

सिन्धुपाल्चोक – लगातारको बर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । बाढीले केहि दिन अघि मात्र मेलम्ची नगरपालिका ११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पु¥याएको हो । क्षतिको अवलोकन गर्दै नगरप्रमुख आइतमान तामाङले नदिको बहाब घटेपछि पुल मर्मतको काम गरिने बताउनुभयो । उहाँले मौषमको अनुकुलता हेरेर तत्काल निर्णय लिइने जानकारी दिनुभयो ।

पुलमा क्षति पु¥याएपछि मेलम्ची नगरपालिकाका ७ र ८ हेलम्बु गाँउपालिकाको २ र ३ तथा पाँचपोखरीका १ र २ वडाका नागरिक प्रभावित भएका छन् ।बर्षा रोकिएपछि तत्काल मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङकाे भनाइ छ। त्यस्तै बाढीले हेलम्बुमा चनौटे– इचोक सडक बगाँउदा यातायात अवरुद्ध छ।

प्रतिक्रिया दिनुहोस्