२०८१ आश्विन २
                           

वाणिज्य बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाए

३२ श्रावण,काठमाण्डौ – वाणिज्य बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भोलि भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेका छन् । भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ६ दशमलव ४९ प्रतिशतविन्दु रहेको छ ।

यो साउन महिनाको तुलनामा शून्य दशमलव २३ प्रतिशतविन्दु कम हो । साउन महिनामा बैंकहरुको यस्तो ब्याजदर ६ दशमलव ७२ प्रतिशतविन्दु थियो । त्यस्तै संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा शून्य दशमलव २४ प्रतिशतविन्दु घटेको छ ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये सिटिजन्स र प्राइमले मात्र ब्याजदर बढाएका छन् । ग्लोबल आईएमई, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल र स्ट्यान्डर्डले ब्याजदर यथावत् राखेका छन् भने अरु १२ बैंकले ब्याजदर घटाएका छन् ।

निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया र एनएमबी बैंकले ७ दशमलव ४१ प्रतिशत दिने भएका छन् । यी बैंकले साउनको तुलनामा ब्याजदर शून्य दशमलव १२ प्रतिशत विन्दुले घटाएका छन् । हिमालयन, नबिल, माछापुच्छ्रे र स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपमा ७ प्रतिशत ब्याज दिने भएका छन् ।

यस्तै नेपाल बैंकले मुद्दती निक्षेपमा सबैभन्दा कम ५ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ । सानिमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४ दशमलव ९० प्रतिशत र व्यक्तिगततर्फ ६ दशमलव २० प्रतिशत ब्याजदर कायम गरेको छ ।

ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ दशमलव २५ प्रतिशत र संस्थागतर्फ ५ दशमलव २५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।

 

बैंक साउनको ब्याजदर भदौको ब्याजदर
कृषि विकास ६.२९ ६.०६५
राष्ट्रिय वाणिज्य ६.२१ ६.०७
नेपाल एसबीआई ६.३ ६.२५
लक्ष्मी सनराइज ६.५ ६.५
ग्लोबल आईएमई ६.२५ ६.२५
कुमारी ६.७१ ६.७१
प्राइम ६.५ ६.७५
नेपाल ६.२५ ५.२५
सानिमा ६.४ ६.२
सिटिजन्स ६.७५ ६.७५
नबिल
इन्भेस्टमेन्ट मेगा ६.५
सिद्धार्थ ६.७५ ६.५
स्टान्डर्ड चार्टर्ड
माछापुच्छ्रे
प्रभु ६.१
एनएमबी ७.५३ ७.४१
एनआईसी एसिया ७.५३ ७.४१
हिमालयन ७.५
एभरेस्ट ६.३ ६.१

प्रतिक्रिया दिनुहोस्