२०८१ बैशाख १८

बाढी प्रभावित क्षेत्र हेलम्बुमा मेलम्ची नगर प्रमुख तामाङको निरीक्षण

चौतारा, १० भदौ
मेलम्ची नगरपालिका प्रमुख आईतमान तामाङले बाढी प्रभावित क्षेत्र हेलम्बुको निरीक्षण गर्नुभएको छ । आईतबार हेलम्वु गाउँपालिका क्षेत्रमा बाढि र पहिरोले पु¥याएको क्षतिको मेलम्ची नगर प्रमुख आइतमान तामाङ, नेपाली कांग्रेस, सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामा, मेलम्चीका नगरपालिका वडा नं. ६ र ८ का वडाअध्यक्षहरु प्रेम तामाङ र जितबहादुर तामाङ सहितको टिमले निरीक्षण गर्नु भएको हो ।

निरीक्षणको क्रममा प्रमुख तामाङले हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष अप्सरा लामिछानेस यस पालिकामा परेको विपदमा मेलम्ची नगरपालिकाले आवश्यक सहयोग गर्ने वचन समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्