२०८१ श्रावण १२
                           

न्यौपाने दाजुभाईद्धारा छात्रवृति कोष स्थापना

सिन्धुपाल्चोकको पिपलडाँडाका न्यौपाने तीन दाजुभाईले विपन्न तथा जेहेन्दार विद्यार्थीको पठन पाठनको लागि छात्रवृति कोष स्थापना गरेका छन् । जिल्लाका तीनवटा विद्यालयहरु सिद्धिकमला मावि पिपलडाँडा, दक्षिणकाली आवि पिपलडाँडा र श्री कृष्णरत्न गंगा मावि चौतारामा कोष स्थापना गरेका हुन् ।

पिलडाँडाका न्यौपाने दाजुभाईहरु पुण्यप्रसाद न्यौपाने, नेत्रप्रसाद न्यौपाने र ईन्द्रप्रसाद न्यौपानेले सिद्धि कमलादेवी माविमा बद्रीनाथ गंगादेवी स्मृति छात्रवृतिको लागि २ लाख ११ हजारको कोष स्थापना गरेका छन् । कोषको व्याजको रकमवाट विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीको पठन पाठनमा सघाईने विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सोम सापकोटाले बताए ।

त्यसै गरि न्यौपाने दाजुभाईले जिल्लाकै जेठो विद्यालय श्री कृष्णरत्न गंगा मावि चौतारमा २०५५ सालमानै वद्रिनाथ शर्मा स्मृति छात्रवृतिको लागि १ लाखको कोष स्थापन गरिएको हो । कोषको रकमलाई बैंकको मुद्दती खातामा राखिनेर व्याजको रकमवाट वार्षिक रुपमा विपन्न तथा जेहेन्दार विद्यर्थीलाई छात्रावृति दिंईदै आईएको हो ।

दक्षिकालि आवि पिपलडाँडाको विद्यालयमा पनि १ लाखको छात्रावृति कोष स्थापना गरिएको छ । सो कोषको रकम पनि विपन्न तथा जेहेन्दार विद्यदार्थीको पठन पाठनमा उपलव्ध गराउने गरिएको कोष स्थापना कर्ता पुण्यप्रसाद न्यौपानेले बताए ।
बुबा बद्रीनाथ र आमा गंगा देवी न्यौपानेका तीनै जना छोराहरु नेपाल सरकारका उच्च पदस्त अधिकारी भईसकेका हुन् ।

जेठा दाजु पुण्य प्रसाद महिला बालबालिका मन्त्रालय र स्थानीय विकास मन्त्रालयको सचिव तथा नेपाल प्रशासनीक प्रशिक्षण प्रतिष्ठनका कार्यकारी निर्देशकको जिम्मेवारी पुरा गरिसकेका छन् । माहिला नेत्रप्रसाद नेपाल सरकारा  सहसचिव भई निवृतभरण भएका हुन् । उनले काभ्रे लगाएतको जिल्लामा प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी पुरा गरिसकेछन् ।  कान्छा ईन्द्र प्रसाद न्यौपाने नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक भई हाल निवृत छन् ।न्युज काेशि

 

प्रतिक्रिया दिनुहोस्