२०८१ श्रावण १२
                           

जिल्लास्तरिय नगरकप ब्याटमिन्टन प्रतियोगितको उपाधी मेलम्चीका किसन र राजनले जिते

तीनदिनदेखि जारी सिन्धुपाल्चोक जिल्लास्तरिय ब्याटमिन्टन प्रतियोगिताको नगरकप उपाधी मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडीले उचाल्न सफल भएको।चौतारास्थित कभर्डहलमा शनिबार भएको फाइनल प्रतियोगिताको पुरुष डवलतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई हराउदै दुलाल र श्रेष्ठको जोडी प्रथम हुन सफल हुनुभएको हो ।

द्धितीय श्रेष्ठको जोडी र तृतीय भएका राजन श्रेष्ठ, मनोज लामाको जोडी, र अजय श्रेष्ठ, अमृत कार्कीको जोडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले क्रमश रु ३० हजार,२० हजार,५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।त्यस्तै महिला सिंगलतर्फ चौताराकी प्रजिना बस्नेतलाई हराउदै बाह्रबीसेकी टासी डोल्मा शेर्पा प्रथम हुनु भएको छ । चौताराकी अस्ना श्रेष्ठ र बाह्रबीेसेकी युली श्रेष्ठ तृतीय हुनुभएको छ ।

प्रतियोगिताको समापन कार्यक्रमलाई सम्वोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले खेलाडीहरुको उत्साहलाई जिवन्त राख्दै जिल्लास्तरमा मात्र हैन राष्ट्रियस्तरका खेलाडी बनाउनका लागि नगरपालिकाले यथासक्य सहयोग र समन्वय गर्ने प्रतियोगिता व्यक्त गर्नुभयो ।

तीन विधामा भएको प्रतियोगिताको पुरुष भेट्रानतर्फ भने खाडिचौरका साजन न्यौपाने र राकेश थापाको जोडी प्रथम हुनु भएको छ ।रुपबहादुर घले र घर्मबहादुर घलेको जोडि द्धितीय हुनुभएको छ भने नारायणलाल श्रेष्ठ, कुमार सापकोटाको जाडि र लालकाजी कार्की र दिनेश थापाको जोडी तृतीय हुनुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगितामा जिल्लाभरका ५४ जना खेलाडीले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्