२०८१ श्रावण १२
                           

भोटेकोशीले ल्यायो ५ सम्म स्टेशनरीसहित १२ सम्म निःशुल्क शिक्षा

Pasang Nurpu Sherpa- पासाङ नुर्पु शेर्पा

चौतारा ,७ साउन
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन विभिन्न महत्वकांक्षी योजना अघि सारेको छ । भोटेकोशी गाउँपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क स्टेशनरी उपलब्ध गराउन थालेको छ ।

बालकक्षा देखि कक्षा १० सम्म दिवाखाजा दिने कार्यक्रम सुरु गरेको हो । नेपाल सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजा दिने नीति ल्याएपनि धेरै ठाउँमा प्रभावकारी हुन सकेको छैन । भोटेकोशीले दिवाखाजामा स्थानीय उत्पादनका अर्गानिक परिकार मात्रै खुवाउने नीति लिएको छ ।

दिवाखाजामा जंगफुड र आयातित खाद्यपदार्थ निषेध गरिएको र सबै विद्यालयलाई दिवाखाजामा स्थानीय उत्पादनको परिकारको व्यवस्था गर्न उत्पादनमै जोडदिँदै एक विद्यालय एक टनेलसमेत वितरण गरिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताउनुभयो ।

कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको उहाँको भनाई छ । ‘शैक्षिक क्षेत्रमा भोटेकोशी गाउँपालिका नमूना बनाउने लक्ष्य छ । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको गाउँपालिकाको यो योजना पहिलो पटक शिक्षामा नौलो अभ्यास ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्