२०८१ श्रावण १२
                           

मेलम्ची खानेपानी सञ्चालनमा ल्याउन ४ अर्ब ५० करोड खर्च लाग्ने

चैत्र २२ । सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन ४ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने भएको छ । बिहिबार सिंहदरबारमा आयोजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले मेलम्ची आयोजना सुधार गर्न चार अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने बताएका हुन् । उनले मेलम्ची खानेपानी आयोजनालाई सुधार गरेर बाह्रै महिना उपत्यकाका धारामा पानी लैजान तयारी भइरहेको बताए ।

कार्यकारी निर्देशक अन्सारीले आयोजनास्थल नजिक अझै पनि ठूलो बाढी पहिरोको जोखिम रहेकाले कुन बेला आयोजनालाई क्षति पुग्ने हो भन्ने आशङ्का रहेको बताए । गएको साउन २८ र २९ गते आएको बाढीले पहिलाको अस्थायी संरचनामा क्षति पुर्याउँदा मेलम्ची आयोजनाको पानी बन्द गरिएको थियो ।

यता हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुवासीको माग सम्बोधन नभए अर्काे वर्षदेखि उपत्यकाले मेलम्चीको पानी नपाउने बताएका छन् । आफ्ना माग पूरा गर्न सङ्घीय सरकारले चासो नदेखाएको अध्यक्ष शेर्पाले गुनासो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्