२०८१ श्रावण १२
                           

राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई गर्‍यो सम्मान

सिन्धुपाल्चोक , ५ साउन – अखिल  नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । शहीद स्मृति प्रतिष्ठान चौतारामा शुक्रबार आयोजित कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकास्थित विभिन्न विद्यालयबाट २०७९ सालको एसइइमा सहभागी भई सफल भएका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी चौतारा ससाँगचोकगढी नगरपालिकाले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि एवम् माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुलीले आफूले इच्छाएको विषयमा अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । कसैको दवाव र प्रभावमा नपरी सुझबुझका साथ आफ्नो अध्ययनलाई अगाडी बढाउनुपर्न उहाँको भनाई थियो ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले उच्च शिक्षासँगै उचित शिक्षा हासिल गर्नु नै आजको आवश्यकता भएको भन्दै उचित र जीवनयापनमा सहजता ल्याउने शिक्षा आर्जनतर्फ उन्मुख हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।अमृत श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सुप्रिन्स कसजू र स्वागत सुवास गौतमले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्