२०८१ श्रावण १२
                           

मेलम्चीमा बाढी पूर्व सूचना प्रणालीको अवस्था परीक्षण 

असार ६ — बाढीग्रस्त मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्व सूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ ।मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमबाट सचेत गराउन मेलम्ची नगरपालिकाको तालामाराङ्ग, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको पूर्व सूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको हो । यसबाट मनसुनको समयमा हुन सक्ने सम्भावित विपदको जोखिमलाई कम गरि जनधनको क्षतिलाई कम गर्न सकिने मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताउनुभयो । गत वर्ष बाढीलेक्षति पु¥याएपछि नगरपालिकाले पूर्व चेतावनी प्रणाली(साइरन) प्रविधि जडान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्