२०८१ श्रावण १२
                           

मेलम्ची नगरपालिकाले गर्यो ४ कृषकलाई सम्मान

चौतारा ,९ असार – सिन्धुपालचोकको मेलम्ची नगरपालिकाले ४ जना कृषकलाई सम्मान गरेको छ । शनिवार नगरपालिकाको १४ औं अधिवेशनको अवसरमा ४ जना किसानहलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा मेलम्ची नगरपालिका वडा नम्बर ५ का कृष्णजंग रायमाझी, वडा नम्बर १२ का कमलप्रसाद चालिसे, मेलम्ची ११ का कृष्णप्रसाद दुलाल र बिष्णुप्रसाद दुलाल रहेका छन् । उनिहरुलाई नगर प्रमुख किसान सम्मान कार्यक्रम अन्तर्गत नगद १५ हजार रुपैयाँसहित सम्मान गरीएको नगरपालिकाले जनाएको छ । । उहाँहरूले फलफुलजन्य र दुधजन्य उत्पादन गर्दै आउनुभएको छ ।

कृषकहरूलाई गरिरहेको काममा हौसला थप्दै नयाँलाई पनि कृषि कर्ममा लाग्न उत्प्रेरणा दिनको लागि यो काम सुरू गरीएको नगरप्रमुख आईतमान तामाङले बताए । समृद्ध मेलम्ची बनाउन कृषि उत्पादन निर्यातलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्