२०८१ श्रावण १२
                           

मेलम्चीमा सवारीे साधानको यान्त्रिक अवस्थाको चेकजाँचमा कँडाई

मंसिर २१, कन्डिसनमा नभएका सवारी साधान चलाउदा हुने दुर्घट्नालाई कम गर्न विगत २ वर्ष यता ट्राफिक प्रहरीले चेकजाँच गर्दै आइरहेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची सडकखण्डमा चल्ने सवारी साधानको यान्त्रिक अवस्था चेकजाँचमा कँडाई गरेको छ । ट्राफिक प्रहरीले मेलम्चीस्थित बजार एरियामा सबैखाले दुई प्राङग्रे तथा चार पाङग्रे सवारी साधानको अवस्था ठीक भए नभएको हेर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । सवारीको विलबुक, लाइसेन्स हेर्ने मात्र नभई सवारी साधानको अवस्था थाहा पाउन मिस्त्री सहित राखेर ट्राफिक प्रहरीले चेकजाँच गर्दै आइरहेको हो ।

सवारी दुर्घटनाको एक कारण साधानको इन्जीन विग्रनु पनि हो त्यसैले मिस्त्री सहित चेकजाँच गरेको प्रहरी हवाल्दर बाँसु जंग रायमाजीले बताए । उनले भने एक दिन मोटर साईकल, अर्को दिन बस,ट्रक को चेकजाँच गछौ । चेक गर्ने क्रममा सवारीमा प्राविधिक घटबढी भेटिएमा नजिकैको वर्कशपमा बनाउन लगाएर मात्र चलाउन दिने जनाएको छ । सवारीको बे्रक, चेन, बत्ती, ईन्जिनको आवाजको अवस्था हेरि तुरुन्तै मर्मत गर्न लगाउने गरेको हवल्दार रायमाजीले बताए । यसरी सवारी चेकजाँच गर्दा दुर्घट्ना कम हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्