२०८१ श्रावण १२
                           

सुकुटेमा रयाफटीङमा रमाउने पर्यटक बढे

बैशाख २५, सिन्धुपाल्चोक । विश्वकै दसौं उत्कृष्ट गन्तब्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदिमा सार्वजनिक विदा र शनिबार रयाफटीङ गर्न आउनेहरुको चाप बढेका छ । सिन्धुपाल्चोकको सुकुटेमा गर्मी बढेसँगै साहसिक खेल रयाफटीङ मा रमाउने आन्तरिक तथा बाह्य पर्यटक अहिले  बढेका छन् । गएको फागुनदेखि पर्यटकको चाप बढेको रिसोर्ट सञ्चालकहरु बताउँछन् । पछिल्लो

दिनमा अत्याधिक गर्मी बढेका कारण रयाफटीङ गर्ने पर्यटकमा बृद्धि भएको हो ।रयाफटीङकै लागि सिन्धुपाल्चोकमा हप्ता दिनमा कम्तीमा दुई हजार पर्यटक भित्रिने गरेका छन् । राजधानी लगायत अन्य जिल्लाको मात्र होइन विदेशीहरु पनि धेरै आउने गरेका छन् ।साहसिक खेल रयाफटीङ र क्यानोनिङ गर्ने पर्यटकको संख्या दैनिक बढिरहेकाले यहाँका सबै रिर्सोट व्यस्त भएको रिसोर्टका सञ्चालकहरु बताउँछन् ।

राजधानी देखि युरोप, अमेरिका जस्ता बाह्य मूलुकबाट आउने पर्यटकको लक्ष्य भोटेकोसी र सुनकोसीमा रयाफटीङ गर्ने हुने गरेको छ ।पर्यटक बढेसँगै सिन्धुपाल्चोक र काभ्रेको सीमा गाउँ बन्देउदेखि रिसोर्टको संख्यामा समेत बृद्धि भएको छ । सुनकोसी र भोटेकोसी किनारामा रयाफटीङ सञ्चालन गर्ने रिसोर्ट बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्