२०८१ बैशाख ८

ड्राइभिङ तालिम सम्पन्न

सिन्धुपाल्चोक ,२१जेठ

सीप सिकौं आत्मनिर्भर बनौं भन्ने मुल नाराका साथ सुरु भएको एक महिने महिला ड्राइभिङ तालिम आज आइबार सम्पनन भएको छ ।

नगर महिला सञ्जालद्वारा आयोजित समापन कार्यक्रममा सहभागी ३० जना महिलालाई प्रमुख अथिति एवम् चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा उहाँले महिलाहरुको आत्मविश्वास र क्षमता अभिवृद्धिसँगै सीपबाट आत्मनिर्भर बन्नका लागि तालिम सकारात्मक भएको धारणा राख्नुभयो । हरेक तह तप्कामा महिलाको उपस्थितिमा मात्र हैन क्षमता र सीप अभिवृद्धि गर्दै महिला सशक्तिकरणका लागि सबै महिलाहरु एकजुट हुनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा वडा न ५ का अध्यक्ष शिव श्रेष्ठ, पालिका सदस्य रोजिना घतानी, वडा सदस्य कोमलबहादुर श्रेष्ठ र पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, पूर्व वडाअध्यक्ष नरमान श्रेष्ठ, नगर महिला सञ्जालकी सल्लाकार मिनाले तालिमको महत्व र कार्यान्वयनको पक्षमा चर्चा गर्नुभयो ।

प्रशिक्षार्थी निर्मला श्रेष्ठले तालिमको अवधि कम भएको र सिकाई प्रकृया अधुरो रहेको हुनाले समय थप गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रम वडा महिला सञ्जालकी अध्यक्ष गंगा लामिछानेको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्