२०८१ जेष्ठ ९

तरकारी खेतिको अनुगमन ! किसानहरु खुसी

चौतारा । समूहगतमा रुपमा सञ्चालित तरकारी खेतिको अनुगमन भएको छ ।
टुकी संघ सुनकोसीको सहजीकरणमा आइतबार चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका विभिन्न समूहद्वारा संचालित तरकारी खेतिको अनुगमन गरिएको हो ।

जाईकाका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, सञ्चारकर्मी र टुकी संघ सुनकोसीका कर्मचारीहरुद्वारा गरिएको अनुगमनमा किसानहरुले गर्दै आएको खेतिको अवस्था, समस्याका पहिचान र निराकरणका लागि अनुगमन गरिएको टुकी संघ सुनकोसीका प्रमुख ज्ञानेन्द्र पौडेलले जानकारी दिए ।
टोलिले चौतारा साँगाचोकगढी नगरपालिका वडा न १२ को स्वाराथोक, वडा न ११ को काभ्रे, वडा न ७ को कल्लेरी र वडा न ५ को छापमा किसानले गर्दै आएको तरकारी खेतिको अनुगमन गर्दै बालिमा देखिएका समस्याको पहिचान गरेको जनाएको छ ।

आफूले लगाएको बालीको अनुगमन गर्दै आवश्यक सल्लाह,सुझाव दिएकोमा खुशी लागेको स्वाराथोककी किसान देवकी गिरीले बताइन ।

जाईकाको आर्थिक सहयोग र टुकी संघ सुनकोसीले नगरभित्रका ८ कृषक समूहलाई तरकारी खेतिका लागि आवश्यक टनेल निर्माण सामाग्री, तालिम, प्राविधिक परामर्श र सेवा प्रदान गर्दै आइरहेको छ ।

जाईका प्रतिनिधि नानाको, राजमुकुट भुसाल अष्ट श्रेष्ठ, प्रकाश नेपाल, वडा न ५ का अध्यक्ष शिव श्रेष्ठ कार्यपालिका सदस्य सीता पौडेल, वडा सदस्य रामहादुर घले, सानुमाया गुरुङ, कुमारी नेपाल, पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाका चिरञ्जीवी कट्टेल , टुकी संघ सुनकोसीका प्रमुख ज्ञानेन्द्र पौडेल, शम्भु दंगाल, विवेक तिमल्सिना लगायतको सहभागिता रहेको अनुगमन कार्यक्रमको अन्तमा सरोकारवालाबीच अन्तक्रिर्या कार्यक्रम भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठ, जाइका प्रतिनिधि नानाको, महासंघ अध्यक्ष श्रेष्ठ लगायतले आ आफ्नो धारणा राखे ।
स्थानीय सरकारको समन्वयमा जाइका, टुकी संघले नगरका १६३ घर परिवारलाई विगत लामो समयदेखी विविध सहयोग गर्दै आएको जाइका प्रतिनिधि प्रकाश नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्