२०८१ श्रावण १२
                           

समाजवाद भन्दा राम्रो दुनियाँमा अरु केही पनि छैन – निवर्तमान सभामुख सापकोटा

चौतारा । निर्वतमान सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले समाजवाद भन्दा राम्रो दुनियामा अरु केही नभएको बताउनु भएको छ ।
कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाको ३१ औं साधारणसभा तथा ९ औं अधिवेशनलाई सम्वोधन गर्दै निर्वतमान सभामुख सापकोटाले कृषि, उद्योगधन्धा, राष्ट्रिय सुरक्षा र विज्ञानप्रविधिलाई विकास गर्न सकियो भने त्यसैको आधारमा समाजवाद स्थापित हुने तर्क अघि सार्नुभयो ।

उहाँले समाजवादको पहिलो सर्त कृषि नै भएको हुँदा राज्यले कृषिलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने धारणा राख्नु भयो ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख भरतप्रसाद कँडेलले दुग्ध उत्पादक सहकारी संस्था कृषिसँग सम्वन्धीत सहकारी संस्था भएको हुँदा परियोजना संस्थासँग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता प्रकट गर्नुभयो ।

शुभकामना मन्तव्य दिंदै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले ऋण र बचतमुखी सहकारीले भन्दा उत्पादनमुखी सहकारीले समृद्ध मूलुक निर्माणमा टेवा पु¥याउने भएकाले उत्पादनमुखी सहकारीको पहिचान गरि राज्यले प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४ का निर्वतमान वडा अध्यक्ष चुडामणि नेपालले स्थानीय र प्रदेश सरकारले दुधमा दिंदै आएको अनुदान किसानका लागि अपुग भएको हुँदा दुधमा अनुदान बढाउनु पर्ने बताउनुभयो ।
संस्थाको आजै सम्पन्न ९ औं अधिवेशनले पुन ः प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश ःअप्सरा सापकोटा, गंगाप्रसाद नेपाल र खिकाप्रसाद नेपाललाई सर्वसम्मत चयन गरेको छ । सदस्यहरुमा भने गोविन्द सापकोटा, प्रकाश नेपाल, बेलबहादुर नेपाल, सूर्यबहादुर नेपाल, रमेश सापकोटा,थरीप्रसाद सापकोटा, कुमार सापकोटा, प्रतिमा आचार्य र लक्ष्मी सापकोटा निर्वाचित हुनु भएको छ ।

संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजकमा भने रामजीबहादुर नेपाल चयन हुनुभएको छ भने सदस्यहरुमा माधवप्रसाद सापकोटा र लक्ष्मीदेवी सापकोटा चयन हुनुभएको छ । त्यस्तै ऋण उपसमितिमा गोविन्द सापकोटाको संयोजकत्वमा टेकबहादुर नेपाल र डण्डुप्रसाद बजगाईँ सदस्यमा निर्वाचित हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्