२०८१ श्रावण १२
                           

भोटेकोशी विचले गर्यो चौतारास्थीत वृद्धा आश्रमलाई खाद्यान्न सहयोग

चौतारा ,३० वैशाख
सम्झना कार्की – सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका ५ स्थित वृद्धा आश्रममा भोटेकाशी विच रिसोर्टले खाद्यान्न सहयोग गरेको छ । शनिवार वृद्धाश्रममै आयोजित एक कार्यक्रमकाबीच  चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर १० सुकुटेमा संचालित भोटेकोशी विच रिसोर्टले एक महिनाको लागी चाहिने आवश्यक खाद्यान्न सहयोग गरिएको भोटेकोशी रिसोर्टका संंचालक कृष्ण बहादुर सापकोटाले जानकारी दिनुभएको छ ।

रिसोर्टका संचालक कृष्ण बहादुर सापकोटाका अनुसार चामल ,आलु,तेल ,चिनी ,नुन,मसला लगाएत समग्र खाद्यान्नमा आबश्यक सामग्री उत रिसोर्टका संचालक टिमले वृद्धाश्रमका अध्यक्ष माया निरासिनीलाई  हस्तान्तरण गरिएको हो ।
सन्चालक सापकोटाले भन्नुभयो ,‘आश्रमको व्यवस्थापकीय एकदमै राम्रो रहेको पाईयो ।बुबा आमाहरु खुशी हुनुहुन्छ ,यहाँ खटिनु भएका सम्पुर्ण टिमलाई हार्दिक आभार व्यत गर्दछु । साथै वृद्ध–वृद्धाहरुलाई सार्थक बनाउने कार्यमा आफ्नो तर्फबाट हुन सक्ने जति सहयोग जुटाउने र आगामी दिनहरुमा यस्तै सहयोगको प्रतिवद्धता गर्दछु । ’

यस्तै वृद्धाश्रम समितिका अध्यक्ष निरासीनिले सुकुटेस्थीत भोटेकोशी विचले गरेको यो सहयोगले आफुहरुलाई धेरै उपयोगी भएको र सहयोगी मनहरुलाई धन्यवाद दिन चाहन्छु भन्नुभयो। सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा रिसोर्टका संचाालक सुजन बस्नेत, उमेश केसी , मधुराम पाठक ,सञ्जय सापकोटा र वृद्ध आश्रमका अध्यक्ष माया निरासिनि,वृद्ध वृद्धाहरु लगाएतका व्यतिmत्वहरुकको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्