२०८१ श्रावण १२
                           

लायन्स क्लब अफ काठमाडौं चौतारा सिटीद्वारा वृक्षारोपण

भदौ ८, वातावरण संरक्षणका निम्ति हरियालीको आवश्यकता बताउँदै लायन्स क्लब अफ काठमाडौं चौतारा सिटीले मेलचौरमा वृक्षारोपण कार्यक्रम गरेका छन् । क्लबले चौतारा सांगाचोकगढी नगरपालिका ७ स्थित मेलचौरको मालिकादेवि सामुदायिक केन्द्रको भवन अगाडिको खाली स्थानमा वृक्षारोपण गरेको हो ।
कार्यक्रमका प्रमुुख अतिथि चौतारा सांगाचोकगढी वडा नं ७ का वडा अध्यक्ष डम्बर वहादुर तामाङले आफै पैसा संकलन गरी समाज विकासमा लाग्ने लायन्सले समाज विकासमा महत्वपुर्ण भुमिका खेलेको बताउँदै वृक्षारोपण संगै विरुवा संरक्षणमा समेत लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रममा भु तथा जलाधार संरक्षरण कार्यालयका प्रमुख दिवाकर मास्केले अहिलेको युगमा कार्बन डाईअक्साईड र एसीड अत्याधिक रहेको हुनाले वातावरण सन्तुलनका लााग अक्सिजनको मात्रा घटेका कारण वृक्षारोपण गर्न अनिवार्य रहेको बताउनुभयो ।
लायन्स क्लब अफ काठमाडौं चौतारा सिटीका अध्यक्ष मिना थापाले जिल्ला वन कार्यालयले उपलग्ध गराएको धुपी, कपुर, तेजपत्ता, कल्कि फुल, निम लगायतका बोटविरुवा रापीएको बताउनु भयो । उहाँले प्रचारको लागि विरुवा रोप्नुभन्दा भन्दा पनि रोपिएका विरुवाहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो । उक्त विरुवा संरक्षणका लागि आफुहरु लागिपर्ने मालिकादेवि सामुदायिक भवनका अध्यक्ष यज्ञ प्रसाद दंगालले बताउनुभयो ।
तस्विरमा वृक्षरोपणका दृष्य

प्रतिक्रिया दिनुहोस्