२०८१ श्रावण १२
                           

सांसदद्वयले गरे सडक अनुगमन , समयमा नै काम सम्पन्न गर्न निर्देशन

निर्मल बस्नेत – ठाेकर्पा
(२०८० बैशाख २२ )प्रतिनिधि सभा सदस्य माधब सापकोटा र बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पाैडेलले सुकुटे -मिलडाँडा – ठाेकर्पा सडककाे अनुगमन गरेका छन् ।
सुकुटे – मिलडाँडा ठाेकर्पा सुनकाेशी गाउँपालिकाकाे वडा नम्बर १ र २ ठाेकर्पा लाई समेटेकाे छ । यस सडक हुदै लिसंखुपाखर गाउँपालिकाकाे लिसंखु र ठुलाेधादिङ जाेडिएकाे छ ।

प्रादेसिक सडक डिभिजन, सिन्धुलीबाट गाैरी पार्वती कन्स्ट्रक्सन प्रा.लि ले ठेक्का पारी २०७४ सालबाट सुरु भएकाे निर्माण कार्यकाे म्याद सकिएर प्राबिधिक स्टमेट अनुरुप र ठेक्का लाग्दा बखतकाे काम पुरा नभएपछि सांसद सापकोटाकै पहलमा भेरियसन अर्डर गरेपछि पुन काम सुचारू भएकाे हाे । उनले अाउने असाढ १ गतेभित्र निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

सांसदकाे निर्देशनपछि व्यवसायी श्याम अर्यालले समयमा नै कनम सक्ने स्थानीयसनमु प्रतिबद्धता जनाएका छन् ।
सांसद सापकोटाले अघिल्लो बर्षकाे पाैष ४ गते स्थलगत अनुगमन गर्दासम्म ७० प्रतिशत काम भएकाेमा हाल ८१ प्रतिशत काम सम्पन्न भएकाे डिभिजन कार्यालयका साईट हेर्ने ईन्जिनियर सुमन सापकोटाले बताए । उनका अनुसार यसकाे लागि कुल बजेट २२ कराेड लागत रहेकाे छ ।

सुकुटे मिलडाँडा ठाेकर्पा सडकखण्डकाे निर्माणस्थल अनुगमनकाे साेही अवसरमा पूर्वाधार बिकास कार्यालय,चाैताराबाट निर्माण हुदै गरिएको सुनकाेशी २ वडाकार्यालय देखी भ्यू टावर जाने १४ लाख बजेटले निर्माण हुँदै गरेकाे सडककाे पनि स्थलगत अवलोकन गरिएकाे छ।
सापकोटालाई स्थानीयहरुले सामान्य हावाहुरीमा पटकपटक बिद्धुतकाे समस्या भएकाे भनि गुनासाे भए पछि बिद्युत प्राधिकरणसंग कुरा गरि एक जना कर्मचारी थप्नकाे लागि निर्देशन दिएका छन् ।

सापकोटाले गाउँपालिकाे ५ नम्बर वडा सुनखानीकाे बिभिन्न टाेलबस्तीमा गई स्थानीयहरुसंग भेटघाट गरि स्थानीयकाे गुनासाे सुनि उक्त गुनासाे सम्वाेधन गर्न लागि पर्ने बचन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्