२०८१ बैशाख १३

चलचित्र ‘सानीमाया’को शुभमुर्हत

८८४८ इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति तथा धिमाल फिल्मस्को निर्माणमा बन्न लागेको चलचित्र‘सानीमाया’को शुभमुर्हत नेपाल चलचित्र विकास वोर्डका पूर्वअध्यक्ष राजकुमार राईले गरेका छन । शुभमुर्हत कार्यक्रममा बोल्दै राईले राम्रो चलचित्र निर्माण चुनौतीपूर्ण कामरहेको बताए । नेपाली फिल्मस्को अवस्था कमजोर बन्दै गएको परिप्रेक्षमा सानीमायाले चलचित्र क्षेत्रमा एक इँटाथप्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै फिल्मका लेखक एवम् निर्देशक देव धिमालले फिल्ममा धेरै कलाकारहरु नयाँअनुहार भएको र नयाँअनुहारले पनिगर्न सक्छन् भन्ने उदाहरण यो सानीमाया चलचित्रबाट देखिने कुरामा विश्वास ब्यक्त गरे । उनले अगाडि भने ,“नयाँ बाटै पुरानो हुने हो ,यसकारण यस फिल्ममा पुराना र नयाँ कलाकारहरुको संयोजनले चलचित्र सफल हुने विश्ववास ब्यक्त गरे ।

राजचौधरी निर्माता रहेको यस चलचित्रमा रामचन्द्र अधिकारी ,शारदा गिरि ,सावित्रा चिलवाल,राजकुमार शाह ,अर्जुन थापा ,स्वइच्छा ढकाल ,प्रियंका श्रेष्ठ,अभिषेक फुयाल,कृष्णप्रसाद धिताल(धितालचिरिच्याँट्ट) लगायत कलाकारको अभिनय रहेको छ । जेठको दोस्रो हप्ताबाट शुटिङ हुने निर्माण पक्षले जनाएको छ । ओ.एस.आर. डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ ।

शुभमुर्हत कार्यक्रममा चलचित्र कलाकार सघंका अध्यक्ष वरिष्ठ कलाकार मोहननिरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, ओ.एस.आर. डिजिटलका प्रोप्राइटर ओमप्रकाश अग्रवाल,नायक सविनश्रेष्ठ, लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्