२०८१ श्रावण १२
                           

नेपालले क्रिकेटमा इतिहास रच्याे

नेपालले क्रिकेटमा इतिहास रचेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज सम्पन्न एसीसी प्रिमियर कपमा यूएईलाई हराउँदै नेपाल पहिलो पटक एसिया कपमा प्रवेश गरेको छ । बर्षातका कारण सोमबार पुरै खेल हुन नसकेपछि आज खेलाइएको बाँकी खेलमा नेपालले यूएईलाई ११७ रनमा अल आउट गरेको थियो ।
जवाफी ब्याटिङ गरेको नेपालले खराव सुरुवात गरेपनि भीम सार्की र गुल्सन झाको ऐतिहासिक साझेदारीमा यूएईलाई ७ विकेटले पराजित गरेको हो ।

नेपाललक लागि गुल्सन झाले अविजित सर्वाधिक ६७ रनको योगदान गरे । ८४ बलको सामना गरेका उनले ६ छक्का र तीन चौका प्रहार गरे । भीम सार्कीले ७२ बलमा ३६ रन बनाउँदा नटआउट रहे । नेपालले ११७ बल बाँकी रहँदा ७ विकेटले विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्