२०८१ श्रावण १२
                           

महिलालाई सवारी चालक तालिम

सिन्धुपाल्चोक ,१० वैशाख
सम्झना कार्की – चौतारा सागाँचोकगढी नगरपालिका ५ नम्बर वडा महिला सञ्जालले महिलालाई सशक्तिकरण गराउन सवारी चालक तालिम चौतारामा सञ्चालन गरेको छ । आईतबार एक कार्यक्रमकाबीच चौतारा सागाँचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले उत सवारी चालक तालिमको उद्घाटन गर्नुभएको हो ।

उक्त अवसरमा नगर प्रमुख सापकोटाले तालिम उद्घाटन गर्दै प्रशिक्षार्थीहरूलाई समयसापेक्ष सवारी साधनमा हुने नयाँ प्रविधिको ज्ञानको बारेमा अभ्यास तथा जानकारी दिई अझ योग्य र दक्ष चालकको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । तालिम लिएर प्रयोगमा आउदैन भने त्यसको औचित्य नहुने बताउदै तालिम लिएपछी रोजगार सगँ जोडिनु आबश्यक छ भन्नुभयो । यो तालिम संवेदनशिल भएको हुदा ईच्छाशक्तिका साथ जोस जागर देखाएर र विषेश सावधानीका साथ ध्यान दिएर सिक्न आग्रह पनि गर्नुभयो ।

यस्तै वडा ५ का वडा अध्यक्ष शिव श्रेष्ठले अरु तालिम सिकाई जस्तो नभई एउटा जोखिम मोलेर सिक्नुपर्ने भएकाले सावधानी रुपमा सिक्न सिकाउन आग्रह गर्नुभयो। “तपाईहरु उत्साहका साथ तालिममा आउनुभएको छ ,तालिमको अनुगमन गर्ने छौँ , भोलीका दिनमा सिकेर तपाईहरुको उपलब्धता हामिले देख्ने छौँ , वडा बाट हुने सहयोगमा आफु पछीे नहट्ने प्रतिवद्धता जनाउँछु , ” उहाँले भन्नुभयो ।

२४ जनालाई एक महिने चारपाङ्ग्रे सवारी साधन चालकको तालिम सञ्चालन गरिएको महिला सञ्जालकी अध्यक्ष गंगा घिमिरेले बताउँनुभयो । ’हामीले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । चालक तालिम पनि यसैअन्तर्गत सञ्चालन गरेका हौ,’ उहाँले भन्नुभयोे । महिलालाई परम्परागत सीपभन्दा अलि फरक प्रविधि र विकाससँग जोडेर तालिम दिइएको उहाँको भनाइ थियो । महिलालाई व्यवसायिक चालक बनाउने उद्देश्यले २४ महिलालाई एक महिने चारपाङ्ग्रे सवारी साधन चालकको तालिम सञ्चालन गरिएको अध्यक्ष घिमिरेको भनाई छ ।

तालिम विलासिताको लागि नभइ व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको र यो तालिमले विस्तारै चालक बन्न प्रेरित गर्ने अपेक्षा नगरपालिकाको छ । यो तालिम चौतारा सागाँचोकगढी नगरपालिकाको आर्थिक सहयोग र महिला वडा सञ्जालको आयोजनामा सञ्चालन गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्