२०८१ श्रावण १२
                           

मन्त्री दुलालको अनुगमन :मेलम्चीलाई पुरानै धारमा फर्काउन विकासे योजनामा अग्रसर

सिन्धुपाल्चोक ,९ वैशाख
सम्झना कार्की – बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल ’शरद’ ले अनुगमनलाई तिव्रता दिईरहनु भएको छ । विभिन्न विकास निमार्णका काममा ढिलासुस्ती हुने समयमै काम नहुने भेटे पछि निरन्तर रुपमा अनुगमन गरिरहनु भएको छ । यसै क्रममा शुक्रबार मन्त्री दुलाल मेलम्ची पुग्नुभयो।

मेलम्ची क्षेत्रमा बाढीबाट क्षति भएको संरचनाहरूमा पुग्नु भयो । मेलम्चीमा निर्माणाधीन सहिद प्रतिष्ठान भवनको स्थलगत अवलोकन गर्नुभयो । उक्त भवनको अवलोकन गदै दुलालले चाँडोभन्दा चाँडो काम सक्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । यस्तै मेलम्ची – ईन्द्रावती – पाँचपोखरी थाङ्पाल पालिकाहरू जोड्ने पक्की पुल तथा मेलम्ची – दुबाचौर जोड्ने पक्की पुलको प्राविधिक सहित पहिलो सर्भे गरिएको हो।

अनुगमनमा मन्त्री दुलालले भन्नुभयो, “खोलाको काममा लापरबाही भएको पाए ।गरिएको काम चित्तबुझ्दो भएन । अबका दिनमा यस्तो नहोस।काम राम्रो चितबुझ्दो भनेजस्तो हुनुपर्छ ।“ बाढिले क्षतबिक्षत बनाएका मेलम्ची बजारको सम्रंचनाहरुको समग्र निरिक्षणमा मेलम्ची नगरपालिका वडा नं.१३ फट्कशिलाको छापभन्ज्याङ ठांटी सिपाघाट सडकको कालोपत्रेको काम समेत हेर्नुभयो। स्तरोन्नती र कालोपत्रे भइरहेको सडकको निरीक्षण गर्दै धमाधम आवश्यक निर्देशन पनि दिनुभयो ।

आयोजनाले गरेको काममा जनगुनासो सुन्दै कामको “गुणस्तरमा आफ्नो तर्फबाट कुनैपनि सम्झौता नहुने“ भन्दै जनताको खवरदारिको उच्च सम्मान गर्दै धन्यवाद व्यक्त गर्छु ,मन्त्री दुलालले भन्नुभयो । क्षतिग्रस्त मेलम्ची बजार साथै आसपासका स्थानहरुलाइ पहिलेकै अबस्थामा ल्याउन र स्थानिय जनतालाइ बिस्थापित हुने स्थितिको अन्त्य गर्नका निमित्त मन्त्री सरकारी तहबाट निरन्तर लाग्नु भएको छ।

अनुगमन निरीक्षणमा मन्त्री दुलाल , सडक पुल कार्यन्वय आयोजन विज्ञ सहित डि.इ. राजु श्रेष्ठ, जिल्ला सिंचाइ प्रमुख थल ब. तामाङ , स्थानिय जनप्रतिनिधि तथा समाजसेवि लगाएतको उपस्थितमा अनुगमन गरिएको थियो । साथै मेलम्ची ईन्द्रावती नदि संरक्षणको कार्यप्रगति र जनगुनासो संबोधन, प्रदेशबाट सम्पन्न हुँदै गरेको विकासका योजनाहरूको स्थलगत अवलोकन, मेलम्ची नगरपालिकाको कार्यलय भ्रमण तथा मेयर र प्रशासकीय अधिकृत संगको भेटघाट गर्नुभएको थियो ।

यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका दुलालले भौतिक मन्त्रालयको जिम्मेवारी लिएसँगै अनुगमनलाई तिव्रता दिनुभएको छ । मन्त्री दुलालले प्रदेशभित्र भइरहेका स्तरोन्नतीका कामहरूको अनुगमन गर्दै निर्माण सुरु गरेर लामो समयदेखि अलपत्र भएका योजनाहरूको निरीक्षणपछि कारबाही र निर्देशनमात्र नभई कतिपय ठाउँमा ठेक्का तोड्ने चेतावनी समेत दिदै आईरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्