२०८१ श्रावण १२
                           

नगरपालिकाले खरिद गरेको दुई एम्बुलेन्स हस्तान्तरण

असार ३१ — मेलम्ची नगरपालिकाले खरिद गरेको दुई वटा एम्बुलेन्स आज एकिकृत सेवा केन्द्र पिप्ले र मेलम्ची नगर अस्पताललाई हस्तान्तरण गरिएको छ । ‘स्वस्थ्य, समृद्ध र सुरक्षित नागरिक नगरपालिकाको प्रतिवद्धता, नागरिक कै घरदैलोमा स्वास्थ्य सेवाको सहज उपलब्धता’ भन्ने मुल नारालाई लक्षित गरी आवश्यक सामग्री सहित हस्तान्तरण गरिएको हो ।
मेलम्ची नगरपालिका वडा नं. ४ एकिकृत सेवा केन्द्र पिप्ले र वडा नं. ११ मा रहेको मेलम्ची नगर अस्पताललाई एक÷एक वटा एम्बुलेन्स वडाध्यक्षहरु संजिव तामाङ र चन्द्र बहादुर तामाङलाई मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
२५३३ सिसि तथा ६३ हर्सपावरको उक्त महेन्द्रा बलेरो एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।कार्यक्रममा उप प्रमुख उमा प्रधान , प्रमुख प्रसासकिय अधिकृत अमृतकुमार धिताल लगायत उपस्तिथित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्