२०८१ श्रावण १२
                           

जुगलको सिन्दुर्चे स्थित जुगल भ्यु प्वाइन्ट साँस्कृतिक केन्द्र निर्माणको लागि सम्झौता

सिन्धुपाल्चोक,७ वैशाख
सम्झना कार्की –जुगल गाउँपालिका वडा २ सिन्दुर्चे स्थित जुगल भ्यु प्वाइन्ट साँस्कृतिक केन्द्र निर्माणको लागि जुगल गाउँपालिका र हामी नेपाली ग्लोबल अन्र्तरास्ट्रिय संस्था बिच सम्झौता भएको छ ।जुगल गाउँपालिका र हामी नेपाली ग्लोबल बिचको सम्झौतामा जुगल भ्यु प्वाइन्ट साँस्कृतिक केन्द्र निमार्णको समग्र बिकासका लागि पुर्वाधार निमार्ण ,प्रबद्र्धन,प्रचारप्रसार र उत्पादनका योजनाहरुमा समन्वय र साझेदारी गर्ने निर्ण भएको हो ।

गेगङ पोखरी बिचको शिव लिंग,शिव पार्वती मन्दिर,१०८ धारा लगाएत अन्य पुर्वाधार निमार्णका लागि आवश्यक खर्च दोस्रो पक्षले ब्यहोर्ने र प्रथम पक्षले समन्वय गर्ने भनि सम्झौता पत्रमा उल्लेख गरीएको छ ।सामाजिक न्यायसहितको समृद्ध जुगल भन्ने मुल नाराका साथ समृद्ध जुगल पर्यटन क्षेत्रलाई प्रमुख आधारको रुपमा लिएर जुगल गाउँपालिकाले पर्यटन क्षेत्रको बिकासका लागि पुर्वाधार निमार्ण ,प्रबद्र्धनका कार्यक्रमहरु अगाडि सारेर काम गरिरहेको छ ।

जुगल गाउँपालिका वडा न.ं २ स्थित सिन्दुर्चे डाडाँमा जुगल भ्यु प्वाईन्ट साँस्कृतिक केन्द्र नामकरण गरी एक आकर्षक पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्ने उधेश्यका साथ जुगल गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष रेशम स्याङबोको भनाई छ । हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा,वडा अध्यक्ष्य प्रेम तामाङ् , मिलन तामाङ् र तारा लामा लगाएतको उपस्थीतिमा सम्झौता भएको हो ।बिहिबार एकैदिन जुगल गाउँपालिकाले पर्यटन प्रर्वधनका लागि दुई सस्था सगँ सम्झौता गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्