२०८१ श्रावण १२
                           

उद्योग वाणिज्य संघको अधिवेशन चैतमा

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २७ औं बार्षिक साधारण सभा तथा ९ औँ जिल्ला अधिबेशन आगामी चैतमा हुने भएको छ ।

संघको शुक्रबार सदरमुकाम चौतारामा बसेको कार्यसमिति बैठकले चैत ९ र १० गते साधरण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशन मुख्य कार्यालय बाह्रबिसेमा गर्ने गरी मिति तोकिएको संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले बताए । उक्त अधिवेशनले संघको आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्