२०८१ श्रावण १२
                           

“ पूर्व घुम्न जाउँ ”

सिन्धुपाल्चोक ,५ वैशाख
यो समय गायक घमेश दुलाल पूर्वतिर घुम्न व्यस्त छन् । पूर्वको पाँचथर, इलाम, झापा, खोटाङ लगायतका सुन्दर ठाउँहरु घुम्न व्यस्त गायक दुलालले आफू मात्र हैन तपाई हामीलाई पनि घुम्न आग्रह समेत गर्नु भएको छ । गायक दुलालसँग पूर्व घुम्नका लागि तपाईले न त कुनै हवाजजहाजको टिकट काट्नु पर्नेछ, न त कुनै सवारी साधन नै चढ्नु पर्नेछ । यसो भनिरहँदा तपाईलाई लाग्न सक्छ पैदल हिड्नु पर्ने होला भनेर । त्यो पनि हैन ।

तपाइ इन्टरनेटको सुविधामा हुनुहुन्छ भने केही गर्ने पर्दैन । मात्र आफनो मोबाइल सेट वा कम्युटर वा ल्यापटबाट युट्युव च्यानलभित्र छिर्नुस अनि मनिलाश्री लुङ्गेली मगर नाम गरेको च्यानल सर्च गर्नुस। त्यसपछि तपाई सिधै पुग्नु हुनेछ पूर्वको पाँचथरका रमणिय स्थान हुँदै तेह्रथुमको गाउँ । पुग्नु हुनेछ आँखाभरि रातो गुराँश राख्दै धरान हुँदै धनकुटाका सुन्दर गाउँ अनि बागमति तररे बेलटार हुँदै उदयपुका रमणिय वस्ती र इलामको चिया बगान । करिब साढे १० मिनेटभित्र तपाइले यसरी नै घुृम्न पाउनु हुनेछ पूर्वी नेपालका अधिकाँश जिल्ला र रमणिय ठाउँहरु ।

लामो समयको अन्तरालपछि नयाँ वर्षको नयाँ साँगीतिक कोशेली लिएर चिरपरिचित गायक घमेश दुृलाल यसरी नै पूर्व घुम्न निस्कनु भएको हो । यात्रमा दुलाललाई गायिका मनिलाश्री लुङ्गेली मगरले साथ दिनु भएको छ । पूर्वका सुन्दर ठाउँसँगै सुन्दर अभिनय प्रस्तुत गर्नु भएको छ गायिका लुङगेली मगर र कुमार सुनेलले । शब्द गायिका लुङगेली मगरकै रहेको यो दोहोरी गीतलाई संगीत दिएर जिवन्त बनाएको छ इश्वर बलामीले ।

कुनै समय नेपाली लोक र दोहोरी गीतमा आफ्नै छुट्टै पहिचान बनाउन सफल गायक दुलाल पछिल्लो समय सांगितिक बाटोबाट केही विराए, हराए जस्तो देखिन थाल्नु भएको थियो । त्यही अनुभूतिलाई आत्मसा गर्दै गायक दुलालले पूर्व घुम्न जाऊ गीतलाई सार्वजनि गर्दै गीत संगीतलाई पहिले जस्तै निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

सिन्धुृपाल्चोक बलेफी गाउँपालिकाका दुलालले यसअघि निधार रह्यो खाली, नारायण थानमा गेट, आमाको आर्शीवाद, भेट भयो दोलालघाटैमा लगायतका लोकप्रिय गीत गाइसक्नु भएको छ । नयाँ वर्षकै दिन युट्युव च्यानलमा सार्वजनिक भएको पूर्व घुम्न जाऊ गीतलाई स्रोता दर्शकले उतिक्कै माया दिने दुलालका विश्वास छ

प्रतिक्रिया दिनुहोस्