२०८१ श्रावण १२
                           

सिमा बैठक सम्पन्न, १८ गतेबाट तातोपानी नाका संचालनमा आउँदै

सिन्धुपाल्चोक ,५ वैशाख

सम्झना कार्की -चीन र नेपाल तर्फको सम्बन्धित सुरक्षा निकायहरु बिच दुई तर्फी भन्सार खुलाउँने बारे अन्तर सिमाना सुरक्षा बैठक गरिएको छ । यहि वैशाख १८ गतेबाट तातोपानी नाका पुर्ण रुपमा सुचारु÷संचालनमा आउँदै छ । २०७२ सालको भूकम्प, त्यस लगत्तै आएको भोटेकोसी बाढी र पछिल्लोपटक कोरोना महामारीका कारण उतरी ब्यापारीक नाका तातोपानी कहिले खुल्ने त कहिले बन्द हुँदै आएको थियो । कोरोना महामारीको संक्रमण घटेसँगै चीन सरकार नाका पूर्ववत् रुपमा नै सञ्चालन गर्न तयार भएको हो ।

४ गते सोमबार नेपाल तर्फका सुरक्षा निकायका प्रतिनिधी र मित्र राष्ट्र चिन तर्फका सुरक्षा निकायका प्रतिनिधिहरुको बिच सीमा नाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा सिमा सुरक्षा सम्बन्धी Counter Parts Meeting मा समेत नाका  सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका , सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो ।

साथै उक्त बैठकले मौखिक रुपमा दुवै देशबिच कोभिड संक्रमण सम्बन्धी सावधानी अपनाउने तथा सुचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । यस्तै अन्तर्देशीय सिमना सुरक्षा ब्यवस्था अझ मजबुद बनाउने, अपराध नियन्त्रण र न्युनिकरणमा संवेदशील रहि आवश्यकता अनुसार संयुक्त तालिम, गस्ती गर्ने ,थप चेक प्वाइन्ट राखी कडा चेक जाँचको ब्यवस्था मिलाउने ,सिमा सुरक्षा सम्बन्धी सम्पुर्ण सुचना तत्कालै आदान प्रदान गर्ने ,
बिगतमा भए जस्तै आगामी दिनहरुमा समेत आपसी सुरक्षा सम्बन्धी काम कारवाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदशील रहि सुरक्षा ब्यवस्थालाई मजबुद बनाउने बारे निर्णय गरीएको प्रहरी नायव उपरीक्षक यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्