२०८१ श्रावण १२
                           

४४ औं शिक्षक दिवसकाे अवसरमा पारेर शैक्षिक क्यालेण्डर वितरण

सिन्धुपाल्चोक -२वैशाख

नेपाल राष्ट्रिय शिक्षक संगठन मेलम्ची नगर समितिले ४४ औंे शिक्षक दिवस तथा नयाँ वर्ष २०८० को अवसर पारेर शैक्षिक क्यालेण्डर वितरण तथा शैक्षिक अन्तक्र्रिया कार्यक्रम शनिबार गरिएको छ ।

मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष डम्बर बहादुर अर्यालको प्रमुख आतिथ्यता एवं मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विबिध शैक्षिक सूचना र जानकारीमूलक विषयवस्तु समावेश गरि तयार गरिएको २०८० को शैक्षिक क्यालेण्डर नगरपालिकाका सबै शिक्षक तथा कर्मचारी समक्ष पुर्याउने गरी वितरण गरिएको हो ।

विद्यालय तहमा कक्षागत रुपमा त्रैमासिक पठनपाठनका विषयवस्तुसँगै पाठ्यक्रमका आधारभुत जानकारी समेत समावेश गर्दा यसले शिक्षकको दैनिक क्रियाकलापलाई सहज बनाउन र पाठ्यक्रमको प्रभावकारी बनाउन मद्दत पुग्ने उद्देश्य राखिएको संगठनका नगर अध्यक्ष लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्