२०८१ श्रावण १२
                           

सिन्धुपुत्र रोसन श्रेष्ठ सम्मानित

असार ४, सिन्धुपाल्चोक जिल्ला बलेफी गाउपालिका १ जल्बिरे निवासी चर्चित क्यामरामेन रोसन श्रेष्ठ सम्मानित हुनुभएको छ। बिगत डेढ दशक लामो समय नेपाली म्युजिक भिडियो, डकुमेन्ट्री, फिल्म तथा विशेषगरी रियालिटी शोहरुमा विशेष सिमेमाटोग्राफरको जिम्मेवारीमा निरन्तर काम गर्दै आउनुभएका श्रेष्ठ नेपाल म्युजिक एन्ड फेसन अवार्डको विशेष समारोहमा गणतान्त्रिक नेपालको पहिलो सम्मानित उपराष्टपति तथा सम्बन्धित क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुबाट सम्मानित हुनुभो ।
कर्ममा बिश्वास गर्ने रोसन श्रेष्ठले जिवनकै पहिलो महत्त्वपूर्ण सम्मान ग्रहण गर्दै गर्दा यस क्षेत्रमा स्थापित हुनका लागि अकल्पनीय मेहेनत र संघर्ष गर्नुपरेको बिगतलाई सम्झनुभयो । ग्रामिण परिवेश अनि सामान्य परिवारबाट सपनाको शहर काठमाडौ प्रवेश गरेका श्रेष्ठले सयौ म्युजिक भिडियो, डकुमेन्ट्री, फिल्म तथा रियालिटी शोहरुमा क्यामरामेनको रुपमा काम गरिसक्नुभउक्ँे छ। अहिले पछिल्लो समय राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा रियालिटि शोहरुको ठूलो माग छ। नेपालमाबाट संचालित को बन्छ करोडपती, नेपाल स्टार, भोईस अफ नेपाल, डान्स च्याम्पियन,कमेडी च्याम्पियन, हिमालय रोडिज, मुन्द्रेको कमेडी क्लब, ऎना , भोईस किड्स , डान्सिङ स्टार नेपाल ,कमेडी क्लब च्याम्पियन लगाएत दर्जनौ बहुचर्चित रियालिटी शो श्रेष्ठले खिच्नुभएको हो ।

रियालिटी सो मा ब्यस्त रोशन कोरोना पछि विश्व स्वास्थ संगठन लगायत विभिन्न संग संस्था मा आबद्ध भएर काम गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्