२०८० चैत्र १६

जुगल ३ मा सिलाइ कटाई र ३ महिने गलैँचा बुनाइ तालिम सम्पन्न

असोज ३० – गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत जुगल गाँउपालिका वडा न. ३ मा सञ्चालित सिलाई कटाई र ३ महिने गलैँचा बुनाइ तालिम सम्पन्न भएको छ।उक्त कार्यक्रम जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको प्रमूख आतिथ्यतामा सम्पन्न भयको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पालिका प्रमुख स्याङबोले सीप सिकेर मात्रै नहुने र त्यसको लागि काम गर्ने इच्छाशक्ति हुनुपर्ने बताउनुभयो । सीप सिकेर आर्थिक रूपमा सबल हुनुपर्ने उहाको भनाइ थियो । गरिबी न्यूनीकरणमा लाग्न सहज होस् भनेर प्रविधि हस्तान्तरण तालीम दिइएको हो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रवेश बढुवाल तथा वडा अध्यक्ष लक्ष्मण दोङ लामा, लघु उद्यम सहजकर्ता रमा कार्की लगायतको उपस्थितिमा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्