२०८१ श्रावण १२
                           

दुरुपयोग गर्ने निशुल्क एम्बुलेन्सलाई हेलम्बुले कारबाही गर्ने

सिन्धुपाल्चोक ,३० चैत
दुरुपयोग गर्ने निशुल्क एम्बुलेन्सलाई हेलम्बुले कारबाही गर्ने भएको छ । सरल, सहजरुपमा छिटोछरितो नागरिकहरुले स्वास्थ्य संस्थामा गइ उपचार गरोस भन्ने हेतुले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको हेलम्बु गाउँपालिकाले एम्बुलेन्स दुरुपयोगको गुनोसो बढ्न थालेपछि दुरुपयोग गर्नेहरुमाथि कारबाही गर्ने भएको हो ।

विगत लामो समयदेखि पालिकाभित्रका सुत्केरी, वृद्धवृद्धा, असाहय, विपन्न, विरामी तथा घाईतेहरुलाई पालिकाभित्र र बाहिरको स्वास्थ्य संस्थामा ल्याउन र लैजान निशुल्क सेवा प्रदान गर्दै आइरहेको एम्बुलेन्स सेवाको दुरुपयोग बढ्न थालेपछि दुरुपयोग गर्नेहरुलाई कालोसूचीमा राखी भविष्यमा निशुल्क एम्बुलेन्स सेवाबाट नैबञ्चित गराइने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेनले बताउनु भयो ।

बिरामी भएको नक्कल गर्दै एम्बुलेन्सको प्रयोग गर्ने र अनावश्यक व्यक्तिहहरुले यात्रा गर्ने मात्र नभई स्थानीय स्वास्थ्य संस्थामा नै उपचार हुन सक्ने विरामीहरु पनि विना रिफर अन्यत्र गएर उपचार गराइएको जनगुनोसो बढ्न थालेपछि पालिकाले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्