२०८२ चैत्र ३०

मतदाता नामावली अद्यावधिक कार्यक्रम पुनः सुरु गर्ने निर्णय

काठमाडौं/ निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा यसअघि स्थगित गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।

आयोगको २०८२/१२/१५ गते बसेको बैठकले मंसिर ६ गतेदेखि रोकिएको उक्त कार्यक्रमलाई पुनः सुरु गर्ने निर्णय गरेको हो। निर्णयअनुसार चैत २२ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक प्रक्रिया फेरि अघि बढाइनेछ।

यससँगै नयाँ मतदाता दर्ता, विवरण सच्याउने तथा स्थानान्तरण गर्ने प्रक्रिया पुनः खुला हुने भएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै नामावलीलाई अद्यावधिक र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको आयोगले जनाएको छ।

आयोगले योग्य नागरिकलाई तोकिएको समयभित्र नजिकको निर्वाचन कार्यालयमा गई नामावली दर्ता वा अद्यावधिक गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्