असोज १९, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ९ स्थित श्री तपाई हाम्रो नमुना साना किसान कृषि सहकारी सस्था लिमिटेडको १० बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार भएको साधारणसभामा सहकारीले आफ्नो नियमित बचत कर्ता, असली ऋणि तथा बाल बचतका उत्कृष्ट ब्यक्तिलाई संमान गरेको हो सस्थाका सचीव हरिबहादुर रायमाझीले बताए ।
सस्थाले नयाँ ढंगले ब्यबस्थापन सुरु गरेको छ, हामीले अहिले आफ्नै सहकारीको मोबाइल बैकिङ एप्स श्री तपाई हाम्रो स्मार्ट एप्स बानएका छौ, आजबाट यो प्राविधि समेत संचालनमा ल्याएको रायमाझीले बताए।
कार्यक्रममा सम्बोधन गर्दै सभाका प्रमुख अतिथि बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले भने, अब सहकारीले पनि कृषिमा प्रोत्साहन गर्नु पर्छ, सहकारी र नगरपालिका बिचको समन्वयबाट कृषि क्षेत्रमा लगानी गर्नु पर्ने बताए।
हामीले कृषि क्षेत्रलाई समेट्न सके गाउँघरका कृषकको आर्थिक अबस्थामा सुधार हुने उल्लेख गरे। त्यस्तै कार्यक्रममा सस्थाका अध्यक्ष छत्र थामिले भने, हामीले तपाई हाम्रो नमुना साना किसान कृषि सहकारीको सेयर सदस्यको स्वास्थ्य बिमा गर्ने बताए । हामी सेयर सदस्यलाई सिपमुलक तालीम समेत दिने गरेका छौ यसले गर्दा हाम्रा सहकारीका सदस्यहरुको सिपमा बिकास पुग्ने थामिले बताए ।
साधारणसभामा सेयर सदस्यलाई बोनस वितरण गरिएको छ। भने, यस सहकारीमा २ हजार सेयर सदस्य रहेका छन ।
सहकारीमा हालसम्म १२ करोड ९९ लाख पुजिको कारोबार गरेको छ।
प्रतिक्रिया दिनुहोस्