२०८१ श्रावण १२
                           

शिक्षा विकास समन्वय इकाई सिन्धुपाल्चोकले ३१०जना शिक्षकलाई नियुक्ति पत्र दियो

सिन्धुपालचोक ,२४ चैत
प्राथमिक तह, तृतीय श्रेणी, स्थायी शिक्षक पदमा सफल भएका शिक्षकहरुलाई नियुक्ति पत्र प्रदान गरेको छ । शिक्षा विकास समन्वय इकाई सिन्धुपाल्चोकले सिन्धुपाल्चोकबाट स्थायी शिक्षकमा नाम निकाल्न सफल ३१० जना शिक्षकलाई एकैपटक नियुक्ति पत्र प्रदान गरेको हो ।

गत असार १३ गते भएको शिक्षक सेवा आयोगको परीक्षामा सहभागी ३४८ जना मध्येमा ३१० जनाले उत्तीर्ण गरेको शिक्षा विकास समन्वय इकाइका प्रमुख कृष्णप्रसाद सुवेदीले जानकारी दिए । साथै शिक्षक हरुले सपथपनि लिएका छन् । आफूले पाएको नियुक्तिपत्र नियुक्ति पत्र मात्र नभई समग्र शिक्षा क्षेत्रको विकासका लागि पाएको उत्साह पत्र भएको शिक्षकहरुको भनाई छ ।

अस्थायी छउञ्जेल त आफ्नो जागिर कहिले जाला भन्ने चिन्ता हुने गथ्र्यो अव त्यो चिन्ताबाट मुक्त भएको उनीहरुले महसुस गरेका छन् । अब ढुक्कसँग शैक्षणिक गतिविधिमार्फत बालबालिकाको भविष्य निर्माणमा लाग्ने शिक्षकहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवनियुक्त शिक्षकहरुले तोकिएको गाउँपालिकाको शिक्षा समन्वय समितिमा नियुक्ति पत्र बुझाइसकेपछि समितिको सिफारिसमा पालिकाभित्रका विद्यालय खटाइने शिक्षा विकास समन्वय इकाइ सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्