२०८१ आश्विन २६
                           

दशैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा

५ आश्विन – यस वर्ष विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बिहान ८ बजेर ३३ मिनेटदेखि देवी विर्सजनको साइत रहेको जानकारी दिए ।

उनकाअनुसार विजयादशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नु उत्तम हुन्छ । यस वर्षको दसैँ यही असोज १७ गते अर्थात बिहीवारबाट सुरु हुँदैछ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्