२०८१ श्रावण १२
                           

मन्त्री दुलाल पुगे भक्तपुर जिल्ला अस्पताल

सिन्धुपाल्चोक ,१९ चैत
भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल सरद भक्तपुर जिल्ला अस्पताल पुग्नु भएको छ। आईतबार भक्तपुर जिल्ला अस्पताल पुग्नु भएका मन्त्री दुलाले समग्र अस्पतालको बारेमा चासो व्यक्त गर्नू भएको छ।

स्वस्थ्य कार्यक्रमलाई प्रभावकारी हिसाबले लागू गर्ने उदेस्य स्वरूप उक्त अस्पताललाई प्राथमिकताका साथ अघि बढाइएको थियो।अन्य सुबिधा र सहजता बढेसङै दैनिक उपचार गराउने बिमारिको संख्या समेत ह्वात्तै बढेको छ।

तत्कालीन सामाजिक बिकास मन्त्री रहदा सरकारी स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याऊने उदेस्य स्वरुप मन्त्रीको पहलमा जिल्ला अस्पताल भक्तपुरलाई प्रादेशिक अस्पतालको रूपमा रूपान्तरित गर्नुका साथै बिभिन्न परिक्षण उपकरण निम्ति करोडौ बजेट बिनियोजन गरिएको थियो।

अनुगमनको क्रममा भौतिक पुर्वाधार मन्त्री दुलाल शनिवार काभ्रे जिल्लाको खानिखोला र महाभारत गाउँ पालिका पुग्नु भएको थियो ।
बागमती प्रदेश सरकार भौतिक पूर्वाधार बिकास मन्त्रालय द्वारा विनियोजित बजेटबाट निर्माणाधीन काभ्रे र मकवानपुर जोडने सिक्रे दोभान पुल,त्यसै गरि तिनखुट्टे देखि देबिटार सम्मको निर्माणाधिन ८•७ कि.मि पक्की सडक लगाएत अन्य थुरै योजनाको अनुगमन गर्नुभएको थियो । ।

प्रतिक्रिया दिनुहोस्