२०८१ बैशाख ८

छुवाछुत मुक्त नगर ,सम्भावा र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम चौतारमा गरीयो

सिन्धुपाल्चोक ,7 चैत
मंलबार चौतारमा छुवाछुत मुक्त नगर ,सम्भावा र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरीएको छ । चौतारा साँगाचोक गढी नगरपालिकाको सहयोगमा नगर दलित समन्वय समितिको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दलित समन्वय समितिका उपाध्यक्ष राम शरण विश्वकर्माले जातिय विभेद तथा छुवाछुत अन्त्य हुनको लागि सरकार र राजनीक दलको ध्यान नगएको , स्थानिय सरकारले नितिमा समावेश गरेपनि कार्यक्रम अगाडी नबढाएको र यो विषय दलित समुदायको मात्र हो भन्ने बुझाई चुनौती रहेको बताउनुभयो ।

नगरपालिकाले वार्षिक निति कार्यक्रम बनाई बजेट छुटया्उने , दलित समुदायको आर्थिक सामाजिक जागरण अभियानात्मक कार्यक्रम गर्नेुपर्ने कार्यपत्रमा उल्लेख गरिएको छ । सहभागीहरुले यस्ता कार्यक्रमहरु आयोजना गर्दा गैर दलितहरुको पनि उपस्थिति बाक्लो हुनुपर्ने बताएका छन् । एक सहभागी दलित युवतीले आफुहरु अझै जातिय छुवाछुतको चपेटामा परेको भन्दै मान्छे मान्छे बिच किन फरक ब्यवहार ? कुकुर समेत घरभित्र पस्न मिल्ने हामि मान्छे बाहिर भन्दै पिडा सुनाउँनुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गदै चौतारा सागाँचोकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकोटाले छुवाछुत मुक्त नगर बनाउने प्रतिवद्धता जनाउँनुभएको छ ।छुवाछुत मुक्त नगरपालिका घोषणाका लागि आवश्यक प्रकृया र अभ्यासको सुरुवात गरिने प्रतिवद्धता जाहेर गर्नु भएको हो । उहाँले छुवाछुत र विभेद अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक कार्यक्रमको आवश्यकतालाई औल्याउँदै ठूलो, मेहेनत र अभ्यासपछि मात्र छुवाछुत र विभेदरहित नगरको परिकल्पना साकार हुने बताउनु भयो । कार्यक्रममा जनप्रतिनिधि , पत्रकार , दलित समुदायका अगुवा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्