२०८१ कार्तिक २७
                           

नगरस्तरिय जुनियर कराते प्रतियोगितामा राम देवी मावि हर्रे प्रथम

सिन्धुपाल्चोक । चौतारा साँगाचोक गढी नगरपालिका वडा नं १३ नर्सिङ डाँडा शहिद स्मृति खेलकुद मैदान ठूलोसिरुवारीमा भएको दोसो खेलकुद महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा  श्री कुण्डला देबी मावि विजेता भएको छ । सेतीदेविलाई पछी पार्दै प्रथम स्थान प्राप्त गरेका कुण्डलाले १० हजार सहित शिल्ड र मेडल पाए ।

विजेतालाई प्रमुख जिल्ला अधिकारी किरण थापाले शिल्ड मेड्ल प्रदान गरे ।  कार्तिक १४ र १५ गते भएको खेलकुद महोत्सवमा १३ वडाभित्रका मावि प्रतिस्पर्धा गरिएको थियो ।

कराते प्रतियोगिता तर्फ भने  नगरभित्रका ९ वटा मावि विद्यालयहरुको प्रतिस्पर्धा भएको कराते महासंघका अध्यक्ष ठूलोसिरुवारी डोजोका प्रमुख प्रशिक्षक गंगा लाल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार  नगर मावि स्तरिय जुनियर कराते प्रतियोगितामा १ सय ८० जना खेलाडीहरुले भाग लिएका थिए ।

कराते प्रतियोगितामा ठूलोसिरुवारी डोजो शाखा श्री राम देवी मावि हर्रे १२ स्वर्ण, रजत ७ र कास्य ६ सहित प्रथम भएका छन् । यसै गरी स्वर्ण ९, रजत ७ र ९ कास्य पदक हाशिल गर्दै श्री सेतीदेवी मावि ठूलोसिरुवारी दोस्रो भए । श्री कुण्डला देवि मावि ठूलोसिरुवारी ५ स्वर्ण, रजत ३ र कास्य पदक ६ हाशिल गरी तेस्रो भए ।

कार्यक्रममा बंगलादेशमा हालै भएको ५ औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता  खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो ।

खेलकुद विकास समिति चौतारा साँगाचोक गढी १३ को आयोजनामा खेलकुद महोत्सव आयोजना भएको खेलकुद महोत्सवमा कराते, दौड, फुटबल, भलिबल, सटफुट, ज्याब्लिन थ्रो प्रतियोगिता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्