२०८१ श्रावण १२
                           

नगरप्रमुखद्वारा खेलाडीलाई बिदाई

सिन्धुपाल्चोक ,२६ फागुन

नवौं जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा सहभागी हुने नगरपालिकाका खेलाडिहरु बिदाई गरिएको छ । नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले खेलाडीहरुलाई बिदाई गर्नुभएको हाे।

एथलेटिक्स ,कँराते ,तेक्वान्दो ,उसु ,कबडडि ,भलिवल गरि ६ वटा बिधामा ९१ जना खेलाडीलाई लामुसाँगुमा हुने रनिङ शिल्डमा नगरको तर्फबाट सहभागी भएका छ्न ।

जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोकद्वारा आयोजना गरिएको नगर स्तरीय रास्ट्रपति रनिङ शिल्डबाट उत्कृष्ट खेलाडिहरुलाइ छनोट गरि जिल्ला स्तरिय प्रतियोगितामा पठाएको नगर खेलकुद बिकास समितिका उपाध्यक्ष अमृतमान श्रेष्ठले बताउनुभयो ।

आफैमा एउटा आत्माबिस्वास ,आत्माबल र क्रियाशिलतामा सबैखेलाडिले ध्यान पुर्याउन सके सफलता अबश्य मिल्ने नगरप्रमुख सापकोटाले बताउनु भयाे।साथै विजयी भएर आउन टिमलाई शुभकामना दिनुभएको छ।

प्रत्येक २ पटक सम्म लगातार जितेको नगरपालिकाले यसपटक पनि जितेर शिल्डलाई आफ्नो बनाउन लक्ष्य राखेकाे छ ।

प्रतिक्रिया दिनुहोस्