२०८१ श्रावण १२
                           

रेडियो सिन्धुले गर्यो अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्य सामाग्री सहयोग

सिन्धुपाल्चोक ,१ चैत
सम्झना कार्की – सिन्धुपाल्चोक जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो सिन्धु १०५ मेगाहर्ज १४ वर्ष पुरा भई १५ वर्षमा प्रवेश गरेको छ । रेडियो सिन्धुले बुधबार वार्षिक उत्सबको अवसरमा सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ५ मा रहेको श्री कृष्ण आविमा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्य सामाग्री सहयोग गरेको छ ।

रेडियो सिन्धुका अध्यक्ष तथा स्टेशन म्यानेजर रत्न प्रसाद श्रेष्ठले बौद्धिक अपाङ्गताका अभिभावक संघ, सिन्धुपाल्चोक अध्यक्ष जानकी श्रेष्ठलाई बालबालिकाका लागि खाद्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । संघको सकृयतामा यो विद्यालयमा ९ जना अपाङ्गता भएका बालबालिकाहरु आवस सहित अध्ययन गर्दै आइरहेका छन् । उतm खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्टेशन म्यानेजर श्रेष्ठले अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग गर्न पाउँदा आफूहरु खुशी भएको बताउँनु भएको छ । उहाँले रेडियो सिन्धुले थप अन्य सहयोग पनि गदै जाने बताउँनुभयो ।

साथै रेडियो सिन्धुले छुटेका र चपेटामा पारिएका स्थानियका आवाज विहिनहरुको आवाजलाई वुलन्द गर्ने लक्ष्यका साथ स्थापना गरिएको उहाँको भनाई थियो । रेडियोलाई युग सुहाउँदो ढंगले परिवर्तन गर्दै लैजाने प्रतिवद्धता समेत जनाउँनुभयो । यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले सूचना र जानकारी संप्रेषणमा महत्वपूर्ण भूमिका खेल्दै आएको रेडियो सिन्धुले सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेकोमा प्रशंसा गर्नुभयो । सञ्चारजगत पनि यही समाजको भएको र सामाजिक सेवाहरुमा प्रत्यक्ष सञ्चारजगतको संलग्नता रहनु सकारात्मक पक्ष भएको भन्दै रेडियो सिन्धुको सदकार्यले अन्य संघ संस्थाहरुलाई पनि सामाजिक कार्यमा जोडिन प्रेरित गर्ने बताउनु भयो । साथै रेडियोलाई शुभकामना व्यक्त समेत गर्नुभयो ।

संघका अध्यक्ष जानकी श्रेष्ठले बार्षिकोत्सवको उपलक्ष्यमा अपाङ्गता भएका बालबालिका लागि जुन सहयोग रेडियो सिन्धुले उपलव्ध गराएको छ, त्यसले रेडियो सिन्धु सूचना, सञ्चारसँग मात्र हैन सामाजिक सवालमा पनि उत्तिकै सकृय भएको सन्देश दिएको बताउनु भयो । श्रेष्ठले सहयोगी हात रेडियो सिन्धुलाई धन्यवाद दिनुभयो ।खाद्यान्न वितरण कार्यक्रमको औपचारिक कार्यक्रममा रेडियो सिन्धुका कोषअध्यक्ष दिलमाया खड्का , समाचार प्रमुख टीका दाहाल, सम्झाना कार्की, अश्मी स्याङ्तान, पासाङ ह्यल्मो लगायतको उपस्थिति थियो ।

साथै गत २०६५ साल चैत १ गतेदेखि आफनो नियमति प्रशारणमा रहेको रेडियो सिन्धुले नेपाली ,तामाङ भाषामा बिभिन्न मनोरञ्जनात्मक सगँै विभिध कार्यक्रमहरु उत्पादन र प्रशारण गरिरहको छ । दैनिक १८ घण्टा प्रशारण भइरहेको यस रेडियोले नेपाली भाषामा दुई दुई घण्टाको फरकमा सामाचार बुलेटिन प्रशारण गर्दै आइरहेका छ भने साझँ पाचँ बजे तामाङ भाषको समाचार प्रशारण गर्ने गरेको छ । बिभिन्न कार्यक्रमहरु प्रशारण गरी सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको स्टेशन म्यानेजर रत्न प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

वार्षिक उत्सवको अवसरमा रेडियो सिन्धुको यतिञ्जेलसम्मको यात्रामा साथ र सहयोग गर्नु हुने सम्पूर्ण स्रोता महानुभाव, विज्ञापनदाता, कर्मचारी, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सहकार्यमा रहेका विभिन्न संघसंस्था, व्यवसायिक क्षेत्रका प्रतिनिधिहरु एवम् सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता सहित अगामी दिनमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा सहित सम्पूर्णमा रेडियो परिवार हार्दिक अभार व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्