२०८१ जेष्ठ ४

चुरेटारको सप्ताह सकियोः मन्दिर परिसरमा सामुदायिक भवन बनाईदिने मन्त्री दुलालको प्रतिबद्धता

सिन्धुपाल्चोक ,२१ फागुन
बागमती प्रदेशका भौतिक पूर्वधार तथा विकास मन्त्री युवाराज दुलाल सरदले चरेटारमा रहेको मन्दिर परिसरमा एउटा सामुदायिक भवन निमार्ण गरिदिने बताउँनुभएको छ । हेलम्बु गाउँपालिका २ चुरेटारमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ कार्यक्रममा सम्बोधन गदै मन्त्री दुलालले एउटा सामुदायिक भवन निमार्ण गरिदिेने प्रतिबद्धता जनाउँनुभएको हो ।

मन्त्रि दुलालले भन्नुभयो ‘भवन निर्माणका लागि कम्तिमा पनि ३० देखि ५० लाख बजेट छुट्याउने छु ’ । साथै मदिन्रको संरक्षण गर्न कम्पाउडको ब्यवस्था हुनुपर्ने स्थानियलाई सुझाव दिनुभएको थियो ।

गत फागुन १४ गते देखि सुरुभएको सप्ताह आईतबार सकिएको हो ।सप्ताहको अन्तिमदिन बागमती प्रदेशका भौतिक पूर्वधार विकासमन्त्रि युवाराज दुलाल सहभागी हुनुभएको थियो ।सप्ताहमा मुख्यत पडिण्त दिनबन्धु पोखरेलले प्रवचन , पुजा कार्य गर्नुभएको थियो । चुरेटारमा अवस्थित श्री मणिकण्ठेश्वरी देवी मन्दिर पुननिमार्ण तथा गाउँपालिकाको धार्मिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको हो ।हेलम्बुमा हेलम्बु ग्रेट ट्रेल,पाल्चोक जयबागेश्वरी,आमायाङ्ग्री,ईच्छेश्वर महादेव लगायत धार्मिक र पर्यटकीय स्थल समेत को भ्रमण गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्