२०८१ मंसिर २३
                           

चौताराका ३० जना लिए संगीत तालिम

२१ बैशाख – सिन्धुपाल्चोक ।चाैतारा साँगाचाेकगढी नगरपालिका -५ काे सहयाेगमा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकले किशोर किशोरीहरुकाे क्षमता अभिबृद्दि तालिम अन्तरगत १५ दिने संगीत तालिम सम्पन्न गरेकाे छ । उक्त तालिममा ३० जनाले सीप बिकासकाे लागि तालिम पाएका छन् ।

३० जना प्रशिक्षार्थी सहभागी रहेकाे गितार बजाउजे तालिममा शुनिल मल्लले प्रशिक्षण प्रदान गरेका थिए । १५ दिने तालिम बैशाख ५ गतेवाट सुरु भई २१ गते शुक्रबार सम्पन्न भएकाे हाे । तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन ज्वाेति किशोर किशोरी समूह र प्रशंसा किशोर किशोरी समूहले व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरेकाे थियाे ।

चाैतारा साँगाचाेकगढी नगरपालिका ५ का वडाध्यक्ष शिव श्रेष्ठले विभिन्न क्षेत्रमा सवैकाे क्षमताको उजागर र सीप बिकासकाे लागि वडाले वजेट बिनियाेजन गरेकाे बताए । उनले आगामी दिनमा आवश्यकतालाई हेरेर कार्यक्रम निर्माण गरि वजेेट व्यवस्था गर्ने उद्घाेष गरे । सीप बिकास गर्न थप तालिमकाे माग भईआएमा वजेट पुनः व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

तालिम समापन कार्यक्रममा श्री कृष्ण रत्न गंगा माध्यमिक बिद्यालय चाैताराका पूर्वप्रधानाध्यापक एवं समाजसेवी ध्रुवलाल श्रेष्ठले संगीत र भाषा कुन‌ै जाति , क्षेत्र र समुदायकाे नभई बिश्वब्यापी रहेकाे तर्क प्रस्तुत गरे ।
कार्यक्रममा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोककि अध्यक्ष पानमाया तामाङले मानवीय भावनाहरुकाे एकता संगीतले गर्ने भएकाेले संगीतकाे प्रवर्द्धनमा सवैले जाेड दिनुपर्ने बताईन् ।
वडाध्यक्ष शिव श्रेष्ठले तालिममा सहभागी सवैलाई प्रमाणपत्र र प्रशिक्षक सुनिल मल्ललाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्