२०८१ श्रावण १२
                           

लैंगिक हिंसा न्युनिकरणका लागी पुरुष सहभागीता एक दिने अभिमुखिकरण कार्यक्रम चौतारामा सकियो

चौतारा ,१४ फागुन
लैंगिक हिंसा न्युनिकरणका लागी पुरुष सहभागीता एक दिने अभिमुखिकरण कार्यक्रम चौतारामा गरिएको छ । सो कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो । उतm कार्यक्रमलाई सम्बोधन गदै प्रमुख सापकोटाले दृष्टिकोण मात्रले लैंगिक हिंसाको अन्त्य नहुने बताउँनु भयो । साथै महिला मात्रको अगुवाइमा महिला हिंसाको न्यूनिकरण हुन नसक्ने बताउँदै यसका लागि पुरुष आफै पनि लागि पर्नुपर्ने बताउँनुभयो ।

यस्तै कार्यक्रममा उपमेयर सीता थापाले हिंसा कुनै पनि पक्षमा हुन नहुने बताउँदै यसका लागि सबैले आ–आफ्नो क्षेत्रमा रहेर काम बताउँनु भयो । नगरले लैंगिक विभेदलाई चिर्ने गरी कार्यक्रम निर्माण गरिरहेको बताउँनुभयो । हरेक खाले हिंसाको अन्त्य नभई समतामूलक र सभ्य मूलुक बन्न नसक्ने बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले हिजो भन्दा आज हिंसा न्यूनिकरण भएको जस्तो देखिए पनि खासमा सबैले खाले हिंसाले समाज अझै अक्रान्त बनिरहेको बताउँनुभयो ।

यस्तै सोहि मार्यक्रमलाई सम्बोधन गदै नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले महिला हिंसा न्यूनिकरणका लागि महिलाहरुको सहनशिलता, सामथ्र्य, विनयशिलता, कर्तव्यपराणताको पहिचान गरि सम्मान गर्दै विद्यालयस्तरमा नै महिलामैत्री पाठ्यक्रम बनाई अध्यययन अध्यापन गर्ने वातावरण निर्मौण गर्नु पर्ने बताउँनुभयो । कार्यक्रममा सिन्धुपाल्चोक प्रहरी प्रमुख बालनरसिं राणाले प्रिजेन्टेसन तथा सहजीकरण गर्नुभएको थियो । प्रहरी प्रमुख राणाले प्रिजेन्टेसनको क्रममा हालसम्म प्रहरी कार्यलयमा घरेलु हिंसाका ३६ केस आएको बताउँनुभयो । ३१ वटा मिलापत्र भएका छन् । ५ वटा कार्वाहिको क्रममा रहेको छ । सगैँ इन्द्रराज भट्टराइले हिंसा बारे सहजीकरण गर्नु भएको छ।
सञ्जालकी सचिव तारादेवी रानाले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रीना श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम  जानुका पराजुलीको अध्यक्षतामा भएको हो  कार्यक्रममा सभाध्यक्ष जानुका पराजुली , ,प्रमुख अतिथि नगरका कृष्ण प्रसाद सापकोटा , विषेश अतिथि उपमेयर सीता थापा ,सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ ,,अतिथि झम्क प्रसाद पराजुली ,नगर सल्लाहकार चन्द्र प्रसाद सापकोटा , प्रसासकिय अधिकृत राम बहादुर केसी ,प्रहरी प्रमुख बालनरसिंह राणा, राष्ट्रिय अनुसन्धान प्रमुख सुदिप अधिकारी ,वडाध्यक्ष ,पत्रकार लगाएतका व्यक्तित्वहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्