२०८१ जेष्ठ ४

हौसला,प्रेरणाको स्रोतको रुपमा माधवलाल कर्माचार्यलाई लिने गरेको छु :मन्त्री दुलाल

चौतारा , २१ माघ
समाजसेवी माधवलाल कर्माचार्यको जन्मोत्सवमा प्रदान गरिदै आएको शैक्षिक छात्रवृत्ति कोषबाट यो वर्ष गरीमा थापा पुरस्कृत हुनुभएको छ । चौतारा निवासी थापालाई नगद २० हजार सहित पुरस्कृत गरीएको हो । श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्यनरत थापाले विज्ञान संकायमा ३ दशमलव १४ जिपिए अंक ल्याएर जिल्ला प्रथम बन्नुभएको हो । माधवलाल कर्माचार्यको जन्मदिनको अवसरमा हरेक वर्ष छात्रवृत्ति र सम्मान कार्यक्रम गरिदै आएको छ । यस वर्ष उत्कृष्ट लाई पनि सम्मान गर्ने कार्यक्रम तय गरिएअनुसार सम्मान गरीएको कोषका अध्यक्ष तथा पुर्व सांसद सुभाष कर्माचार्यले बताउनुभयो ।

यस्तै जिवन कालमा उल्लेख्य योगदान गरेका समाजिक ब्यक्तित्व राम वहादुर कार्की पनि सम्मानित हुनुभएको छ । स्याउलेको अर्चलेमा जन्मिएर हाल चौतारा बस्दै आउनु भएका कार्कीले विजवनकालमा समाजसेवा ,शिक्षा र राजनितिक क्षेत्रमा त्रियामिक भुमिका खेल्नुभएको छ । दशकौं अघि अन्तरजातीय विवाह गरेर समाजसँग विद्रोहको हिम्मत राख्ने कार्की ७८ वर्षको पुग्नुभयो । हाल उहाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थामा अध्यक्षको रुपमा सक्रिय हुनुहुन्छ ।

माधवलाल कर्माचार्य शैक्षिक छात्रवृति कोष पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै भौतिक पुर्वाधार मन्त्री युवराज दुलालले हौसला , प्रेरणाको स्रोतको रुपमा माधव लाल कमाचायृलाई लिने गरेको बताउनुभयो । चौतारामा लोकबाजा ,नेवारी संस्कार ,संस्कृतिहरु बिस्तारै लोप हुदै जाने अबस्थामा ८९ वर्षको उमेरमा पनि सक्रियताका साथ पुर्नरजिबित गर्नु पर्छ भन्दै गगेर्ना गर्ने कोसिस गरिरहनु भएकामा मन्त्री दुलालले प्रशंसा गर्नुभयो । साहित्यकार अमित घिमिरेले कर्माचार्यको जीवनीलाई फर्केर ब्याख्या गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्