२०८१ श्रावण १२
                           

अनागरिकहरु:गौरी प्रधान (एक पटक पढ्नै पर्ने )

चाैतारा,१५ माघ

जो यहिंका
ढुंगा-माटोसंग हुर्के, बढे
जसले यहिंका
बन-जंगल र खोलाखोल्सीमा
पसिना बगाए
जीविका धाने
देश संकट परेको वेला
संघर्ष गरे, जीवन उत्सर्ग गरे
ती रैथानेहरु, सधैं सधैं
आफ्नै देशमा अनागरिक
उनका सन्तान
दरसन्तानहरु पनि अनागरिक
यहि जन्मभूमिमा
कोहि नागरिकता
नपाएका अनागरिक
कोहि नागरिकता
खोसिएका अनागरिक
कोहि निकृष्ट बनाएका अनागरिक
कोहि विशिष्ट बनाएका अनागरिक…
एउटै देश छ
एउटै जन्मभूमी छ, तर
नागरिक भने थरीथरीका
अनागरिक पनि थरीथरीका…

यस्तै छ, यहाँको चलन
यस्तै छ, यहाँको विचलन ।

 

प्रतिक्रिया दिनुहोस्