२०८१ जेष्ठ ५

गीतकार देव पुरीको मार्मिक गित ” दोलालघाट पुल तरेर” बजारमा

अशोक पराजुली – चौतारा गीतकार एवं सर्जक देव पुरीको शब्द रचनामा गीति भिडियो ” दोलालघाट पुल तरेर ” सार्बजनिक गरिएको छ । शुभ साइत म्युजिक प्रा.लि.ले बजारमा ल्याएको उक्त गित तथा भिडियो निकै मार्मिक र मर्मस्पर्शी रहेको छ ।

लोक गायक प्रकाश पुरी र सावित्री केसीको स्वर तथा गायन रहेको गित ” दोलालघाट पुल तरेर ” मा आफ्नो गाउँ घर,परिवारलाई छाडेर विदेशीनु पर्ने बाध्यता र बर्तमान अवस्थामा नेपाली युवाहरूको बाध्यतालाई यथार्थपरक ढंगले चित्रण गरिएको छ ।

राम कुमार नेपालीको संगीत रहेको गितमा भिडियो निरेन श्रेष्ठले निर्देशन गरेको हुन् । त्यस्तै बिद्या कार्की ,राजन पुरी ,साबित्री केसी ,राजु गिरी ,शकंर पुरी ,सरोज गहतराज लगायतको अभिनय रहेको उक्त गीतको छायांकन चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर एघारको गैराथोक,नर्सरी,बन्देउ र काभ्रेको दोलालघाट तथा काठमाडौं लगायतका ठाउँमा गरिएको छ ।

आजभोली संगीत किनेर सुन्ने अवस्था नभए पनि आफ्नो शृजनाहरुलाई लुकाई राख्न भएन त्यसैले गीति भिडियो ” दोलालघाट पुल तरेर ” सार्बजनिक गरेको गीतकार तथा सर्जक देव पुरी बताए ।

प्रतिक्रिया दिनुहोस्