२०८१ श्रावण १२
                           

एलुमुनाई एशोशियसनद्धारा चौतारा क्याम्पसको इ–लाइब्रेरी व्यवस्थापनको लागि नगद सहयोग

पौष १३ —चौतारा बहुमुखी क्याम्पसको एलुमुनाई एशोशियसनले क्याम्पसको इ–लाइब्रेरी व्यवस्थापनको लागि नगद सहयोग गरेको छ । एलुमुनाईका अध्यक्ष तिलक दंगालले नगद २५ हजार क्याम्पसलाईं प्रदान गर्नुभएको हो ।

एलुमुनाई एसोसियनका सचिव हरिचन्द्र गौतमले क्याम्पसबाट स्नातक तह उत्तीर्ण हुने विद्यार्थीहरुबाट नगद ३ हजार सदस्यता शुल्क लिएर क्याम्पसको इ–लाइब्रेरी समृद्धिको लागि विस्तार गर्ने बताउनु भयो ।

इ–लाइब्रेरीबाट अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिमा आमुल परिवर्तन परिणाम आउने क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्