२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोकबाट झण्डै ७ हजार युवाले राहदानी बनाए

भदाै २२ – अघिल्लो आर्थिक बर्षमा मात्रै सिन्धुपाल्चोकबाट झण्डै ७ हजार युवाले राहदानी बनाएका छन् । बैदेशिक रोजगारीमा धेरै जाने जिल्लामध्य सिन्धुपाल्चोक पनि एउटा रहेको छ । १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा गत आर्थिक बर्षमा ६ हजार ९ सय ३३ जनालाई राहदानी वितरण गरिएको हो । यसरी विदेशिनेहरूमा श्रम गर्न मात्रै नभएर उच्च शिक्षा र भ्रमण गर्नेहरू पनि पर्दछन् ।
तर अधिकांस युवाहरू श्रमकै लागि विदेशिने गरेका छन् । आफुसँग लगानी गर्न पर्याप्त पैसा नभएकै कारण विदेशबाट फर्किएर पनि बेरोजगार भएरै बस्नुपरेको युवाहरूको गुनासो रहेको छ । बैदेशिक रोजगारिमा जाने क्रम हटाउनको लागि तिनै तहको सरकारले युवा लक्षित कार्यक्रम ल्याउन पर्ने पाँचपोखरी थाङ्पाल् गाउँपालिका युराज भट्टराईको भनाइ छ ।
आफ्नो सिप, दक्षता र क्षमताको आधारमा नेपालमा नै केहि गरौं भन्ने युवाहरूको सङ्ख्या पनि उल्लेख्य छ । विदेशबाट फर्किएका युवाहरूको लागि सहि ब्यबस्थापन गर्न सकेमा विदेशबाट फर्केका मात्र नभई स्वदेशकै युवाहरूले पनि अवसर पाउने भएकाले सरकारले यता तर्फ सोच्नुपर्ने मेलम्ची ७ का श्रीकृष्ण श्रेष्ठको भनाइ रहेको छ । अहिले कतिपय स्थानीय तहले विशेष गरेर विदेशबाट फर्केकाहरूको समस्या सम्बोधन गर्ने प्रयास पनि गर्न थालेका छन् ।
पाँचपोखरी थाङ्पाल् गाउँपालिकाका अध्यक्ष टासि लामा उनीहरूलाई सामुहिक लगानीको अवसर सिर्जना गरेर स्वरोजगार र आत्मनिर्भर बनाउन ब्यवसायिक योजनाको छनोट गरिरहेको बताउनुहुन्छ । वैदेशिक रोजगारीका लागि जिल्लाबाट ३ हजार ५सय ५५महिला र ४ हजार ७ सय ९९ पुरुषले राहदानी लिएका छन् । राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा ४ करोड ३३ लाख ८६ हजार २सय राजस्व सङ्कलन भएको प्रशासन कार्यालयले जनाएको छ । राज्यले युवा केन्द्रित योजना ल्याएर ब्यबशायीक बन्न उत्प्रेरित गर्न सकेमा लाखौं युवा श्रम बेच्नका लागि विदेशिनु पर्ने थिएन ।

प्रतिक्रिया दिनुहोस्